भदौ १, सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद्को वैशाख १७ गते बसेको बैठकले गरेको निर्णय अनुसार सार्वजनिक विदा दिने निर्णण गरेको हो ।

प्रदेशभरका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा बन्द रहने छन् । मंगलवार (आज) आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै ‘प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश भरका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
