भदौ १, काठमाडौं । अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु कुबेत हुँदै जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो । नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ ।