• २०८३ बैशाख ८ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, उदयपुर । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://khabar24nepal.com/07/17/2021/78439

Sharing

प्रतिक्रिया दिनुहोस