• २०८३ बैशाख ९ गते बुधवार

थप एक हजार ८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर १ हजार  ८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा २१६४ जना संक्रमण मुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।  यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस