जेष्ठ ३, काठमाडौं। काठमाडौं उपत्यकामा कोरोनाभाइरसबाट पछिल्लो चौबीस घण्टामा ७९ सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५१, ललितपुर र भक्तपुरमा समान १४ जना सङ्क्रमितको मृत्यु भएको हो ।
काठमाडौंमा हालसम्म एक हजार १८९, ललितपुरमा ३१८ र भक्तपुरमा २३५ जना सङ्क्रमितको निधन भएको छ । काठमाडौंमा हाल २८ हजार ५२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ललितपुरमा सात हजार १७१ र भक्तपुरमा पाँच हजार ७६ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म एक लाख ३५ हजार ६४८ जना, ललितपुरमा २० हजार ७२८ र भक्तपुरमा ११ हजार ५२९ जना सङ्क्रमित हालसम्म निको भएका छन् ।