• २०८३ बैशाख १४ गते सोमवार

उपत्यकामा तीन हजार ९८ संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ९८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन् ।

काठमाडौंमा हाल २८ हजार ५२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ललितपुरमा सात हजार १७१ र भक्तपुरमा पाँच हजार ७६ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म एक लाख ३५ हजार ६४८ जना, ललितपुरमा २० हजार ७२८ र भक्तपुरमा ११ हजार ५२९ जना सङ्क्रमित हालसम्म निको भएका छन् । काठमाडौं उपत्यकामा कोरोनाभाइरसबाट एकैदिन ७९ सङ्क्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस