• २०८३ बैशाख ७ गते सोमवार

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा थप ५ हजार ७६७ जनामा संक्रमण निको भएको जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा २१ ह्जार ६५३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । यस्तै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस