• २०८३ जेष्ठ ८ गते शुक्रवार

बाँकेमा थप एघार जना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३,बाँके । कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा गएरातीदेखि सोमबार बिहान १० बजेसम्म थप एघार जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप एघार जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षिय पुरुष, भिमदत्त नगरपालिका–३ कंचनपुरका ५५ वर्षिय पुरुष, तुलसिपुर उपमहानगरपालिका– १० दाङ्गकी ३८ वर्षिय महिला, मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षिया महिला, पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षिय पुरुष, बासगढि नगरपालिका–९ बर्दियाका ८० वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षिय महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षिया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

सोही प्रकारले तुलसीपुर दांगका ४८ वर्षिया महिला, खजुरा गापा ३ बाँकेका ६७ वर्षिया महिला र कैलारी गापा ५ कैलालीका ३८ वर्षिय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २४० र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १९२ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । सो केन्द्रका अनुसार गत केही दिन यता आएर संक्रमित भेटिने क्रममा धेरै कमी आएपनि मृत्यु हुने क्रम भने कम भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस