• २०८३ मङ्सिर २ गते मङ्गलवार

२ करोड १८ लाख नागरिकलाई खोप लगाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फागुन १७, काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महŒवाकांक्षी योजना ल्याएको छ ।

मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफल बनाउन देशव्यापी रूपमा सकारात्मक प्रचारसहितको अभियानमा सहभागी हुन आग्रह गरेको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले नागरिकलाई जोखिमबाट मुक्त गराउने उद्देश्यसहित ठूलो मिहिनेत गरेर खोप ल्याउन सफल भएको स्पष्ट पारे । मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रियालाई पारदर्शी बनाइने र कुनै प्रकारको अनियमितता हुन नदिने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव लक्ष्मण मैनालीले तीन वटै सरकारको समन्वयमा भ्याक्सिन अभियानलाई छिटै देशव्यापी बनाउँदै नागरिक स्तरमा सरकार रहेको प्रत्यक्ष अनुभूति दिइनेगरी काम गर्ने बताए ।

मन्त्रालयले कोरोनाविरुद्धको अभियान तथा खोप अभियान सफल बनाउन आवश्यक पर्ने उपायहरूका बारेमा सम्पादकहरूसँग समेत राय र सुुझाव लिएको थियो । सम्पादकहरूले खोप अभियानलाई छिटोभन्दा छिटो आम नागरिकसमक्ष पु¥याउनुपर्ने, पारदर्शिता अपनाउनुपर्ने, भ्याक्सिन अभियान सफल बनाउन स्पष्ट खालका नीति योजना तथा कार्यक्रम बनाउनुपर्ने तथा मिडियामैत्री नीतिसमेत अख्तियार गर्नुपर्ने सुझाव दिएका थिए ।

सो कार्यक्रममा मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले कुल जनसंख्याको ७१।६२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेगरी महŒवाकांक्षी योजना ल्याइएको जानकारी दिए । जसअनुसार २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

योजनाअनुसार स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी, प्रवासी कामदार र शरणार्थी ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाइनेछ । यस्तै, ४० देखि ५४ वर्षका बाँकी सबै २९ लाख १ हजार १ सय ४, १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जनालाई खोप उपलब्ध गराइनेछ ।

सम्पूर्ण खोप व्यवस्थापनका लागि ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार ८ सय ८९ रूपैयाँ लागत खर्च हुने अनुमान गरिएको छ । हाल पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरूलाई खोप लगाउने अभियान जारी छ । पहिलो प्राथमिकतामा कोरोना संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मी, वृद्धाश्रममा आश्रित नागरिक, कैदी बन्दीहरू, पत्रकार, सफाइकर्मीलगायत रहेका छन् । दोस्रो प्राथमिकतामा ५५ वर्ष र माथिका नागरिकहरू, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरू पर्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू, १५ देखि ३९ वर्षसम्मको उमेर समूह भएकाहरू पर्छन् ।

मन्त्रिपरिषद्को मार्गदर्शनअनुसार नै खोपको छनोट गरिनेछ । खोपको गुणस्तर, हाल भइरहेका खोप भण्डारणको पूर्वाधारसँगको अनुकूलता, कम लागत र खोपको उपलब्धतालाई खोप छनोटका आधारहरूको रूपमा लिइएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस