चैत ४, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले कोरोना महामारीको कारण दक्षिण एशियामा मात्रै २ लाख ३९ हजार आमा र शिशुको ज्यान गएको अनुमान गरेको छ ।उक्त प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित रहेको जनाइएको छ।
ति देशमा थप २ लाख २८ हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको प्रतिवेदनले अनुमान गरेको बीबीसीमा उल्लेख छ। कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको जनाइएको छ।
दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १८६,००० को मृत्यु भएको छ। नेपाल र बाङ्ग्लादेशमा अति कुपोषणको उपचार गराइरहेको बालबालिकाको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको बताइएको छ।