• २०८३ बैशाख १३ गते आइतवार

नाइजरमा बन्दुकधारीको आक्रमण, ५८ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, एजेन्सी । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो ।

तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ ।

नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस