चैत ४, काठमाडौँ। आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
आज दिउँसो पछि केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ भने पहाडी क्षेत्रबाहेकका ठाउँमा भने मौसम सफा नै रहने भएको छ ।काठमाण्डौ उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले पनि आंशिक बद्ली भएको छ । प्रि मनसुनको समय भएकाले चट्याङ र हावाहुरीको जोखिम हुने भएकाले विशेषगरी खेतबारीमा काम गर्दा सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ ।