चैत ४, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन वटा नागरिकता लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ गलकोट नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्गका ३७ वर्षीय कमल सुनार रहेका छन ।

ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार उनीबाट प्रहरीले तीन वटा नागरिकता तथा अन्य कागजात समेत बरामद गरेको छ । उनका अनुसारबाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नामको दुइटा नागरिकता जारी गरेको पाइएको छ । कमल थापाको नामबाट उनले विभिन्न सरकारी निकायमा पेस गरी दुरूपयोग गरी सेवा लिएका थिए। उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ।