फागुन ५, सप्तरी। सप्तरीमा छतबाट खसेर एकजना बालकको मृत्यु भएको छ । प्रहरीका नुसार डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।