• २०८३ बैशाख २३ गते बुधवार

सर्लाहीमा ट्याक्टरमा करेन्ट लागेर आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, सर्लाही। सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएपनि मानवीय क्षति नभएको र आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर नियन्त्रणमा लिएका बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस