फागुन ५, काठमाडौं । नेपाल आयल नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको एक साता मै यो दोश्रोपल्ट मूल्यवृद्धि भएको हो।
यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो। पछिल्लो वृद्धिसँगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ९७ रूपैयाँ र हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। निगमका अनुसार मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुनेछ।