• २०८३ जेष्ठ १५ गते शुक्रवार

अनलाइनमार्फत ठगी गर्ने २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, ललितपुर । ललितपुर प्रहरी टिमले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने भन्दै ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलेक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा उपलब्ध गराउने बहानामा ठगी गर्ने २ जनालाई ललितपुरको प्रहरी टिमले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य ज्युले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहादुरमाई नगरपालिका-८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् । कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए पश्चात सम्पर्क विहिन भई सामान समेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस