माघ ४, काठमाडौँ। थप २ सय ६६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय १९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ४ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ५९ जना पुगेको छ ।