• २०८३ बैशाख ९ गते बुधवार

प्रतिनिधिसभा विघटन :संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनहरुमाथि नियमित वहश तथा सुनुवाई शुरु भएसँगै निवेदकका वकिलहरुले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि पुनः शुरु भएको बहश तथा सुनुवार्इका क्रममा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका हुन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन् । तर, त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ । आवश्यक परे रेकर्ड मगाउँछौं भनेर जवाफ दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस