माघ ४,काठमाडौँ। विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’विरुद्ध अनुसन्धानका लागि प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो । बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।