• २०८३ असार ६ गते शनिवार

पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १, काठमाडौँ । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ ।

सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महुसुुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ । नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
–––
राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कमला र बबई नदीमा गोही छोड्ने गरिन्छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।

नेपालका नदीमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदी प्रदूषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हुर्किएका ती र प्रजनन केन्द्रमा पारेका अण्डाबाट कोरलेका गोही नदीमा छाड्ने गरिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस