• २०८३ बैशाख १० गते बिहिवार

गमगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

मुगु ३०, कात्तिक । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितहरुलाई राहत सहयोग गरेको छ । गएराति १२ बजे सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २१ घर–परिवारका ५१ जना विचल्ली परिवार लाई प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले हस्तान्तरण गरेका हुन ।

रेडक्रस मुगुले आगलागी पीडितहरुलाई करिब एक दर्जन बढि प्रकारका राहत वितरण गरेको बताईएको छ । जसमा लत्ताकपडा, भाँडाकुँडा, त्रिपाल तथा लगायत सामग्री सहयोग गरेको सभापति जय बहादुर मल्लले बताए । उनीहरु लाई के खाऔ के राखौ भन्ने चिन्ता बढि रहेको छ , रेडक्रसको सानो सहयोग भए पनि घाउमा मलम लगाउने प्रयास गरेको राहत वितरणमा खटिएका तिलक बहादुर मल्लले बताए । भिषण आगलागिले सबैभन्दा बढी गर्भवती महिला, बालबालिका र बृद्ध–बृद्धालाई समस्य भएको बताए ।

उक्त आगलागीको क्षती विवरण हालसम्म पनि आउन सकेको छैन । एकिन तथ्यांक संकलनको लागि जिल्ला प्रहरी कार्यालय मुगु र रेडक्रस लाई जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस