मुगु ३०, कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागि पिडित लाई हेलिकप्टर मार्फत राहत लिएर गमगढि बजार आउन लाग्नु भएको छ । मुख्यमन्त्री शाहिले यहाका आगलागि पिडित लाई राहत दिने घोषणा गरे पश्चात् उनी सदरमुकाम गमगढीका आगलागी पीडितलाई राहत लिएर आउन लाग्नु भएको हो ।

आगलागीबाट प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने बताईएको छ । गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि जलेर नष्ट भएका छन् ।
गएराति १२ बजेदेखि लागेको आगो मंगलबार बिहान १०स्३० बजे मात्र पूर्ण रुपमा निभाइएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको हो ।