कात्तिक ३०, मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागि भएको छ । आगलागि बाट गमगढि बजारका २१ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । अन्दाजि राति साढे १२ बजे बाट सुरु भएको आगलागि यहाका स्थानीय , प्रहरी , नेपाली सेना , सशस्त्र प्रहरी लगायत बजारमा बसोबास गर्दै आएका नागरिकहरुको सत्रिय सहभागीतामा ४ बजे आगो नियन्त्रणमा आएको हो ।

गमगढी बजारमा पानिको उचित ब्यवस्था नहुन र उचित प्रकारका श्रोत साधन नहुनाले आगो नियन्त्रणमा लिन केही कठिनाई भएको डिएसपि चित्र बहादुर भट्टराईले बताए । उनका अनुसार आगो के कति कारणले लागेको यसको विषयमा अनुसन्धान भई रहेको बताए । आगलागिमा कुनै पनि मानविय क्षति भएको छैन भने आगलागिको क्षति विवरण आउन बाकि रहेको जनाईएको छ। आगलागिमा बढि मात्र लामा समुदायहरुको घर रहेको बताईएको छ ।
