• २०८३ असार ७ गते आइतवार

साफ च्याम्पियनसिप : फाइनल खेलको ५० मिनेटमा नेपाल भारतसँग २-० गोलले पछाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलको ५० मिनेटमा नेपालले भारतसँग २-० गोलले पछाडी परेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा गोलरहित बराबरी खेलेको नेपालले खेल सुरुहुने वितिकै २ गोल गरेको हो ।

पहिलो हाफमा दुबै टिमले पाएको मौकामा गोल निकाल्न सकेका थिएनन । भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा अग्रता दिलाए भने लगत्तै ५० औँ मिनेटमा सुरेश सिंहले अर्को गोल गरे ।

आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस