• २०८३ असार १९ गते शुक्रवार

साफ च्याम्पियनसिप फाईनल : उपाधिको लागि नेपाल र भारत भिड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्ने भएका छन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको ह्ये ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेको भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेको छ भने ५ खेल बराबरी खेलेको छ । दुई खेलमा भने नेपाल विजयी भएको छ । यसै प्रतियोगिताको लिग चरण‍को खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेको थियो ।

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस