• २०८३ असोज २२ गते बिहिवार

अवैध चाँदी सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, सिरहा । अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको करिब ५ केजी चाँदी जस्तो देखिने धातु सहित २ जनालाई भगवानपुर गाउँपालिका-४ ठाडीबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर भएका ३५ वर्षीय रबी महतो र ४० वर्षीय पिन्टु महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस