• २०८३ बैशाख ९ गते बुधवार

सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : अर्थमन्त्री मन्त्री शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले ञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्न सुझाव दिएका छन् ।

उनले भने, ‘सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ,’ ‘उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा कम गर्न सहयोग गर्छ ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे । सञ्चयकोषको कुल लगानी आर्थिक वर्ष २०७७र७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चयकोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस