• २०८३ असार १० गते बुधवार

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका ५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेहरुमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ।

सो जहाल साओ पाओलो नगरबाट करिब एक सय ६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस