साउन ३२, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा डाकेर सुरक्षित उद्धारको पहल थाल्न निर्देशन दिएका हुन् ।

उनले भने, “नेपाल फर्काएपछि पनि उनीहरूलाई कोभिड १९ महामारीको सन्दर्भमा पीसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टाइन लगायतको व्यवस्था गरी उनीहरूलाई घरसम्म पुर्याउनेगरी कार्ययोजना बनाउनुपर्छ ।”