• २०८३ कार्तिक ५ गते बुधवार

कर्णाली राजमार्गको कथा दुर्दशाः हिउँदमा धुलाम्मे,वर्षातमा हिलाम्मे

जितेन्द्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

साउन ३२, दैलेख । सुर्खेतबाट जुम्ला जोड्ने सडक हो कर्णाली राजमार्ग । २३ चैत्र २०६३ बाट विश्व बैंकको आर्थिक सहयोगमा संचालनमा आएको थियो । सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने कर्णाली राजमार्गको लम्बाइ २३२ किलोमिटर छ ।

वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मेका कारण यात्रुहरले सधैजसो समस्या भोग्दै आएका छन् । राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुरुले ज्यान गुमाउनु परेको छ । सडकमा खाल्डाखुल्डी,हिलाम्मे र धुलाम्मेका कारण खाल्डाखुल्डील राजमार्गमा बर्सेनि दुर्घटनाको संख्या बढ्दै गए पनि सरोकारवाला निकायले सडक मर्मतमा चासो नदिएको यात्रुको गुनासो छ । सडक मर्मत गुणस्तरीय नहुँदा यात्रुहरु र चालकले सास्ती बेहोर्दै आएका छन । ठाउँ–ठाउँमा सडक हिलाम्मे बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । बनेका काम पनि गुणस्तरहीन हुँदा पनि सडक जीर्ण बनेको हो दैलेखका पदम थापाले भने । निमार्णको लागि वर्षकै बजेट आएपनि टालटुलमै सकिन्छ कसरि होस राजमार्ग दुर्दशा कम ?

‘बाटो साघुँरो भएका कारण यो राजमार्गमा यात्रा गर्नेको मुटु नझस्किने सायद कमैको होला’, कोहलपुरबाट दैलेख जाँदै गरेका वीरेन्द्र चौधरीले भने, ‘यात्रा गर्दा पनि घर पुग्छु भन्ने विश्वास लाग्दैन । होसहवासै हराउँछ ।’ कर्णाली राजमार्गबारे अरूले कुरा गरेको सुने पनि आफैंले भोग्दा डर लागेको चौधरीले बताए । ‘पहिले कर्णाली राजमार्गको नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो,’ चौधरीले भने, ‘प्रत्यक्ष आफैंले यात्रा गर्दा त ज्यानै जाला भन्ने डर लाग्यो ।’

पछिल्लो समय सडकको बिच बिचमा खाल्डाखुल्डी,हिलम्मे धुलाम्मेले गर्दा यात्रुलाई यात्रा गर्न निकै मुस्किल हुने गरेको दैलेख ठाटीकाँधका फोर्स चालक जिवन थापा बताउँछन् । ‘कर्णाली राजमार्गमा चल्ने गाडी साघुँरो सडकका कारण बर्सेनि दुर्घटनामा परिरहन्छन,’ थापाले भने, ‘दुर्घटनाको जोखिम कम गर्न सडक फराकिलो बनाउन सरकारको ध्यान जान जरुरी छ ।’ कर्णाली राजमार्गम फोर्स गाडी चलाउन थालेको ३ वर्ष भए पनि ढुक्कसँग घर पुग्छु भन्ने विश्वास नलाग्ने दैलेखका संकर शाहीले सुनाए ।

कर्णाली राजमार्ग अन्तर्गत बोट खोला पुल क्षेत्रमा खसिरहेको पहिरोले पुललाई क्षति र्पुयाउन थालिसकेको छ । कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक नेत्र चुदाराले बताए । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बताए । ‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्चीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन’, बुढाले भने, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो थाहा छैन ।’ ट्रयाक ओपन भएको डेढ दशक पुग्दा पनि सडकको अवस्था सुधार हुन नसकेको चाुण्डाविन्द्रासैनी नगरपालिकाका –३ हिमाल शाहीले बताए ।

राजमार्ग अन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक रहेको छ । बोट खोला क्षेत्रमा यात्रुले सास्ती बेहोर्नु परेको छ भने दुर्घटनाको उच्च जोखिम छ । पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुलको दाँया बाँया क्षति पुर्याउन थालिसकेको छ । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्गका लागि प्रदेशबाट कुनै कार्यक्रम नरहेको र यो संघीय सरकारले हेर्ने भएकाले यस विषयमा कुनै जानकारी नभएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस