• २०८३ बैशाख ११ गते शुक्रवार

बाँकेमा मोडिफाइ सवारीसाधनहरु धमाधम कार्वाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने मोटरसाइकल सवारी साधनमाथि धमाधम कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले बताए ।

बाँके ट्राफिक प्रमुख भण्डारीले कम्पनीको फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको समेत उनले ट्राफिक प्रमुख भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालयको संयुक्त अप्रेसनमा मोटरसाइकल र सवारी साधनलाई नियन्त्रणमा लिएर छोडेको थियो । ​नियन्त्रणमा लिइएका मोटरसाइकल र सवारी साधनलाई १५०० सय रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएर मात्र ट्राफिकले जानदिएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस