श्रावण १,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार १८२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ भने १ हजार ७७५ जना कोरोनामुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । थप ४३ संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।