असार २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले जस्तो सुकै परिस्थितिमा पनि युवा अगाडी हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं ८ तथा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटी नेताहरुलाई राजनैतिक संकटमा मात्र नभई प्राकृतिक विपत्तीमा पनि युवाहरु अग्रस्थानमा रहि जनताको बिचमा जानु पर्ने उहाँले बताउनु भएको हो ।

नेता बस्नेतले नेकपा एमाले हाम्रो पार्टी बलियो रूपमा प्रस्तुत भइरहेको र हाम्रो पार्टी कमजोर बनाउन सबै विपक्ष पार्टीहरु एकठिक्का भइ लागि परिरहेको बताउनु भयो। पार्टी रक्षाको लागि राष्ट्रिय युवा संघ नेपालका युवाहरु जस्तो सुकै परिस्थितिमा परिचालको लागि तयार रहन निर्देशन दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल नेपाली जनताको लागी हरेक विषम परिस्थिति परिचालन हुँदै आइरहेको र अहिले पनि सिन्धुपाल्चोकमा बाढी पीडितहरुको लागि राहत तथा उद्दारको लागी त्यस तर्फ प्रस्थान गर्न लागेको जानकारी पनि दिनुभएको छ ।
राष्ट्रिय युवा संघ केन्द्रिय नवनियुक्त अध्यक्ष पौडेलले राष्ट्रिय युवा संघ नेपालले सबै युवाहरुलाई राजनीति रूपमा मात्र नभई समाजिक, खेलकुद, संगीत क्षेत्र तिर पनि अभिप्रेरित गर्ने बताउनु भयो । साथै हरेक टोल टोलमा राष्ट्रिय युवा संघ नेपालको संगठन बिस्तार गर्न निर्देशन दिनुका साथै राष्ट्रिय युवा संघ नेपालका हरेक कमिटीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो।
आज राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं ८ तथा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेललाई मायाको चिनो प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय नवनियुक्त अध्यक्ष किरण पौडेल, केन्द्रिय महासचिव रमेश आचार्य, स्थायी कमिटी सदस्य एव काठमाडौंका इन्चार्ज शिव कुमार महर्जन,केन्द्रिय स्थायी कमिटीका सदस्य अमित पौडेल, केन्द्रिय सचिवालय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, सचिवालय सदस्य समुन्द्र तिमल्सिना लगायत नेकपा एमाले काठमाडौं महानगर सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, नेकपा काठमाडौं एमाले महानगर सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सदस्य बाबु राजा श्रेष्ठ, सदस्य दिलिप खड्गी, महोमद अरमानको उपस्थिती रहेको थियो ।