• २०८३ बैशाख १४ गते सोमवार

विभिन्न ठाउँबाट अबैध लागूऔषध सहित ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २, काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकबाट ६५ किलोग्राम अबैध लागूऔषध गाँजा सहित ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका(६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्ने क्रममा क्याबिनभित्र लुकाइ राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै,मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट करिब ८० केजी अबैध लागूऔषध गाँजा सहित मनहरी नयाँबस्ती बस्ने २५ वर्षीय सन्तोष आले मगर सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चितवनबाट बारातर्फ जाँदै गरेको ना।२ ख ५५७९ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी ट्रक चालक मगर समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट ७ ग्राम ७ सय ६० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय लाल बहादुर ऐर र सोही ठाउँ बस्ने २२ वर्षीय चन्द्र बहादुर साउद रहेका छन् । से।६ प ८०९९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक ऐर र मोटरसाइकलमा सवार साउदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस