असार २, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले वर्षाको कारण देशका विभिन्न ठाँउमा गएको बाढी पहिरोका कारण हुन सक्ने क्षती न्युनिकरण गर्न सबै मातहतका कमिटीलाई निर्देशन गरेको छ । बाढी पहिरोका कारण भएको क्षतिको समयमा उद्वार र राहत कार्यलाई तिव्रता दिन केन्द्रीय कमिटीले निर्देशन जारी गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पोडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा बेपत्ताव्यत्ति,्mको खोजी कार्यलाई तिब्रता दिन, असुरक्षित अवस्थामा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै भौतिक सम्पतीको कम क्षती हुन लाग्न अनुरोध गरिएको छ । यस्तै पिडीतहरुलाई राहतको प्याकेज घोषणा गर्न सरकार सँग माग गरिएको छ ।
