• २०८३ बैशाख १८ गते शुक्रवार

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, कास्की। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ ।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उहाँलाई विश्वासको मत लिन एक महिना समय भए पनि मन्त्रालय बाँडफाँटअघि नै विश्वासको मत लिएर ढुक्क हुन खोज्नुभएको हो ।  असार ४ गते नै विश्वासको मत लिएर मात्र बजेटमाथि छलफल र मन्त्रालय बाँडफाँटको टुंगो लाग्ने भएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काले भन्नुभयो, ‘यसका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।’ प्रदेशमा कांग्रेस र माओवादीलाई ४र४, जनता समाजवादीलाई २ र एक स्वतन्त्र मनाङे गरी ११ मन्त्रालय बाँडफाँट हुने एक नेताले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस