• २०८३ बैशाख १४ गते सोमवार

स्याङ्जामा जीप दुर्घटना हुदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, स्याङ्जा। स्याङ्जामा जीप दुर्घटना हुदा एकको मृत्यु भएको छ । बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, जना घाइते भएका छन् ।

बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नं को जीप  भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घाइते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पुर्याइएपछि अस्पतालले मृत घोषणा गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस