• २०८३ बैशाख २६ गते शनिवार

विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौँ। गृहमन्त्री खगराज अधिकारीको संयोजकत्यमा सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याीएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने बताइएको छ ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस