• २०८३ असार ५ गते शुक्रवार

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य अनन्तराज लुइँटेलले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी (अदालतको सहयोगी) माग गरेको थियो । सोही मागअनुसार सर्वोच्च अदालत बारले दुई जनाको नाम सिफारिस गरेको हो । त्यस्तै, नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । वैद्य पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता हुन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस