• २०८३ बैशाख २३ गते बुधवार

थवाङ गाउपालिकाको नियमित सेवाहरु बन्द (सुचना सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २, रोल्पा । रोल्पाको थवाङ गाउपालिकाले नियमित सेवाहरु अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरेको छ । विश्वव्यापी कोरोना संक्रमण फैलिरहेको अवस्थामा थवाङमा पनि कोरोना संक्रमितहरु बढ्न थालेपछि गाउपालिकाले नियमित सेवाहरु बन्द गरेको हो ।

गाउपालिका प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले आज सुजना जारि गर्दै अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको जानकारी दिनुभएको हो । सुचनामा लेखिएको छ : विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड १९ कोरोना भाइरसको संक्रमण हालका दिनहरुमा तिब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै यस गाउँपालिकामा पनि यस कोरोना भाइरसको असर तिव्र रुपमा फैलिएको सन्दर्भमा यस गाउँपालिकाको स्वास्थ्य शाखा तथा जलजला अस्पतालले विभिन्न समयमा यस गाउँपालिकाका केही व्यक्तिहरुलाई गरेको परीक्षण गरि यस कार्यालयमा दिएको रिपोर्ट अनुसार यस गाउँपालिकाका केहि व्यक्तिहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिसकेको र अन्य व्यक्तिहरुमा पनि देखिन सक्ने सम्भावना रहेकोले यसलाई यस कार्यालयले गम्भिरता पूर्वक लिदै यस गाउँपालिकामा हुन सक्ने संक्रमण फैलनाबाट रोक्न कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन एवं व्यवस्थापन गर्नको लागि यस गाउँपालिका गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रेवत बहादुर बुढाथोकीको अध्यक्षतामा मिति २०७८।०२।०२ गतेका दिन बसेको स्टाफ बैठकबाट यस कार्यालयबाट नियमित रुपमा प्रदान गरिने सेवाहरु अर्को व्यवस्था नभएसम्मको लागि बन्द गरि आन्तरिक तथा कोभिड १९ को रोकथाम तथा व्यवस्थापनका कार्यहरु मात्र प्रदान गर्ने निर्णय भएको हुँदा यो सूचना सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस