जेष्ठ २, काठमाडौं । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालका तर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो ।

कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नु हुने छ । कार्यदलका अन्य सदस्यहरूमा अध्यक्षका तर्फबाट, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनु भएको छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।