जेठ २, काठमाण्डौ । वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा। आचार्यको आइतवार बिहान निधन भएको हो ।
कोभिड–१९ को सङ्क्रमण भएपछि गएको वैशाख १८ गते उहाँ अस्पताल भर्ना हुनु भएको थियो । वैशाख २९ गते उहाँको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो । तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उपचारमा जाँदा उहाँको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो ।