बैशाख ०३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाउन भएको छ । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाउनु भएको हो ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल हुने थापाले बताए ।