• २०८३ जेष्ठ १६ गते शनिवार

दुईवटा स्कुटर ठोक्किँदा एक जना गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोक नजिकै दुईवटा स्कुटर एक आपसमा ठोक्किँदा एकजना गम्भिर घाइते भएका छन्।महानगरिय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख प्रहरी निरिक्षक राजकुमार तामाङ्गका अनुसार बुढानीलकण्ठ तर्फबाट चपली तर्फ जाँदै गरेको स्कुटर नं बा ७२ प ८३१९ को एभिएटर र चपलीबाट बुढानीलकण्ठ तर्फ आउँदै गरेको बागमती प्रदेश-०२- ०१८ प २२५२ टिभिएसको एनटोर्क स्कुटर एकअर्का सँग ठोक्किँदा चपलीतर्फबाट आउँदै गरेका स्कुटर चालक मनिष राई गम्भिर घाइते भएका हन ।

घाइते व्यक्तिलाई तत्काल अस्पताल लगिएको प्रहरीले जानाएको छ । घाइतेको स्थिति गम्भिर रहेको र हाल बसुन्धारा स्थित चिरायु अस्पतालको आइसियुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अर्को स्कुटर चालक जगत मगर भने प्रहरी प्रभागको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक तामाङ्गले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस