• २०८३ बैशाख ५ गते शनिवार

सरकारले घोषणा गरेका कोरोनाबाट अति प्रभावित १४ जिल्ला कुन् हुन् ? हेर्नुहोस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशिल क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल जारी गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

अति जोखिममा रहेका जिल्ला
काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले विज्ञप्ती जारी गरि जानाकरी दिएका हुन । विज्ञप्तीमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभैदिनको लागि आग्रह गरिएको छ ।

मन्त्रालयमा शुक्रबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोभिड(१९ संक्रमणबाट जोगिन संवेदनशिल बन्न आग्रह गर्दै जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न भनेको छ ।

हेर्नुहोस बिज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस