चैत्र ३, सिन्धुली । सिन्धुलीको सदरमुकाम माडी बजारबाट कमलामाई नगरपालिका( ७ बाँस कटेरी जादै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कमलामाई नगरपालिका ७ का रुद्रवहादुर थापा, गिता एस्माली मगर, दुर्गा श्रेष्ठ र उनको २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन ।

दुर्घटनामा परी अरु आठ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । सदरमुकामबाट यात्रु लिएर घरबाँस कटेरी जाने क्रममा दिउँसो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।