• २०८३ जेष्ठ १९ गते मङ्गलवार

उपराष्ट्रपतिले लगाउनु भयाे कोरोना विरुद्धको खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ३, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । मंगलबार अपराह्न वीरअस्पताल पुगेर उहाँले खोप लगाउनु भएको हो ।

स्वास्थ्य सेवा विभागको आग्रहमा उहाँले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गर्नुभएको छ । हिजै मात्र राष्ट्रपती विद्यादेवी भण्डारीले त्रि.वि शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको खोप लगाउनु भएको थियो ।

https://khabar24nepal.com/03/15/2021/65436/

Sharing

प्रतिक्रिया दिनुहोस