• २०८३ मङ्सिर ३ गते बुधवार

तास खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, नुवाकोट । बिदुर नगरपालिका वडा नं. ४ बट्टार स्थित रेन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं। ४ बस्ने बर्ष ४३ को जनक श्रेष्ठ, बर्ष ६२ को केशव प्रसाद पन्त, बर्ष ३८ को रामेश्वर अर्याल, बर्ष ६२ को लम्बोधर प्रधान, बर्ष ४४ को दिनेश प्रधान, बर्ष ४४ को रामचन्द्र प्याकुरेल, बस्ने बर्ष ५७ को गणेश आचार्य र बेलकोटगढी नगरपालिका वडा नं. १३ बस्ने बर्ष ३९ को शम्भु अधिकारी रहेका छन ।

उनिहरुको साथबाट तास, नगद रु १,१८,५०० र तास खेलाउन प्रयोग भएको तन्ना सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस