नेकपा एमाले पार्टीका प्रभावशाली, प्रतिभाशाली तथा नेता तथा महान् सर्जक प्रदीप नेपालका धेरै विशिष्ट गुणहरु छन् । उहाँ लगायत नेताहरुले नवौँ महाधिवेशनमा के.पी.शर्मा ओलीलाई अध्यक्षमा उठाउन र जिताउन महत्वपूर्ण भूमिका निर्वाह नगरेको भए तुलनात्मक रुपमा पार्टी र मुलुकको यो रहर लाग्दो, भर लाग्दो र आश लाग्दो स्थिति देश र जनताले देख्न पाउने थिएनन् ।

दाहाल, नेपाल र खनालहरु प्रधानमन्त्री हुँदा दूरदराजका जनता ज्यान जोखिममा राखेर तुइन मार्फत् आवागमन गरिरहेकोे अत्यन्त दयनीय अवस्था देखेनन् तिनले, तुइन विस्थापन पहिलो र प्राथमिक समस्या हो भने आफू प्रधानमन्त्री हुँदा मात्र होइन अहिले पनि देखेका छैनन् । किनकि तिनीहरुमा भात देख्ने तर भविष्य देख्ने ल्यागत थिएन । त्यसैले ओलीलाई पार्टी अध्यक्ष बनाउने कुरामा तपाईंहरुको समर्थन र सहयोग भए पनि नेपाल समूहले ओली आज हो कि भोलि भन्दै सराप्दै हिँडे पनि उहाँ अध्यक्ष हुनु भयो । ओलीमा आफ्नै ल्यागतमा विजय गर्ने क्षमता भए पनि साथ र तपाईंहरुको समर्थन महत्वपूर्ण रहेकै हो । तर तपाईंले केही दिन अघि माधव नेपाल समूहको कित्ताबाट वक्तव्य जारी गरेर आफू निराश भएको र आफू कुनै गुटमा नरहेको ऐलान गर्दा तपाईमा पार्टीको भविष्यबारे कति चिन्ता होला भनेर यो लेख लेखिएको हो ।
…..तर तपाईले पार्टी भित्रका कतिपय अत्यन्त विवादास्पद विषयमा अबेर गरेर बोल्दा समस्या झाँगिएको हो । तपाईले आफ्ना दाजु माधव नेपालका विगतका निकट विगतका अराजक अनैतिक र जबज विरोधी गतिविधिका बारेमा कहिल्यै बोल्नु भएन । माधव नेपालले सदनमा र सडकमा ओलीविरुद्ध अर्थात् पार्टी विरुद्ध मात्रै होइन राष्ट्रपति विरुद्ध बोल्दा र वा गुटगत नेताहरुलाई बोल्न लगाउँदा तपाईं किन चुपचाप बस्नु भयो । तपाईंजस्ता अग्रज नेता मौन बस्दा अराजक गतिविधि अरु मौलायो ।….
संकटका बेला नै मानिसको सही पहिचान हुन्छ । गर्नु के छ र, तपाईं जत्तिको नेताले सही कुरा बोल्दा आम रुपमा पार्टी सही दिशामा जान्छ । पहाड बोक्नु त परेको छैन । १०३ वर्ष व्यक्तिगत संस्थागत तथा संगठित रुपमा बोलेर लेखेर र संगठन गरेर राणा शासन नेपाली जनताले फालेका हुन् । यसरी नै राजशाही निरंकुश पंचायती शासन लगायत अनेक शासनका नाममा सञ्चालित दुशासनलाई जनताले पछारेका होइनन् र ? सही, सत्य र तथ्य कुरा बोल्दा जनताले साथ सहयोग गर्छन् तर बेलाको बोली र मौकाको काम गर्दा मात्र त्यसले सही दिशामा आन्दोलनलाई लैजान्छ । तर तपाईले पार्टी भित्रका कतिपय अत्यन्त विवादास्पद विषयमा अबेर गरेर बोल्दा समस्या झाँगिएको हो । तपाईले आफ्ना दाजु माधव नेपालका विगतका निकट विगतका अराजक अनैतिक र जबज विरोधी गतिविधिका बारेमा कहिल्यै बोल्नु भएन । माधव नेपालले सदनमा र सडकमा ओलीविरुद्ध अर्थात् पार्टी विरुद्ध मात्रै होइन राष्ट्रपति विरुद्ध बोल्दा र वा गुटगत नेताहरुलाई बोल्न लगाउँदा तपाईं किन चुपचाप बस्नु भयो । तपाईंजस्ता अग्रज नेता मौन बस्दा अराजक गतिविधि अरु मौलायो । नेपालको पश्चिमी भूभाग नेपाली नक्सामा समावेश गरेको भोलिपल्ट ओली विरुद्ध र दुई तिहाइको आफ्नै सरकार गिराउन उद्यत माधव नेपाललाई समयमै सच्चिन तपाईंले हस्तक्षेपकारी भूमिका निर्वाह किन गर्नु भएन ? सूर्य हो भने अन्धकार मासिन्छ मास्नुपर्छ । क्षय रोग भनेर चिनेपछि दाजु वा भाइलाई लागे पनि उचित उपचार गर्नुपर्छ । लिपापोती गरेर क्षय रोग निको हुँदैन बरु झाँगिन्छ । हामी जस्ता जागिरे कम्युनिष्टलाई त आन्दोलनको माया हुन्छ भने तपाईंजस्तो जेल, नेल, निर्वासन लगायत अनेक दुःखकष्ट सहेर पार्टी निर्माण गरेका व्यक्तिहरु पार्टीमा संटक पर्दा मौन र मुक भएर बस्नु किमार्थ जाती लागेन । तपाईले आफू त कुनै गुटमा लागिन्न भनेको सुन्दा सरम लाग्यो । तपाईं जस्ता नेताले गुट र गुणमा फरक नदेख्दा अर्को अच्चम लाग्यो । मदन भण्डारी र जबजलाई पनि गुट भन्ने असन सी.पी.मैनाली र उनको परिमार्जित नौलो जनवादलाई गुट भनेर एउटै डालोमा हाल्ने प्रवृत्ति अझै देख्नु परिरहेको छ । त्यसैले होला तपाईं सरकार र पार्टी फुटको सँघारमा हुँदा पनि नेपाल समूहमै रमाउन्ु भयो । नेता र कार्यकर्ता अहिले धेरै चनाखो भएका छन् अब जो कोही ज्येष्ठ, श्रेष्ठ र वरिष्ठ नेता लोभी पापी गुटमा लाग्यो भनेर आँखा चिम्लेर उसका पछि लाग्ने छैनन् । चोर बाटो लिएपछि सज्जन सज्जन रहदैन । खराव प्रवृत्ति ग्रहण गरेर आफूलाई असल छु भन्न सुहाउँदैन । अब तपाईंलाई पनि भारतीय शाषक अनुकूल वा कन्फर्टेबल सरकार बनाउन उद्यत नेपाल र दाहाल प्रवृत्ति खुलस्त भए पछि उक्त समूहमा बस्न मन नलागेको होला । तर ५०,१०० वर्षपछिको भविष्य नदेख्दा कुनै पनि नेता आफैँलाई चुर्लुम्म डुवाउने भासमा जाकिन्छ । हिजोका दिनका महान् भनिएका नेता अहिले दरबार र घरबारका टाट्नामा ट्याँट्याँ गरिरहेका छन् । कुनै पनि नेतामा कमजोरी भएझैँ प्रदीप नेपालका केही पनि केही गम्भीर कमजोरी बारे यो लेखक धेरै पहिलेदेखि जानकार छ । चन्द्रमामा पनि दाग हुन्छ भनेझैँ हरकोही नेताका कमजोरी नहुने कुरा होइन तर कहिले काहिँ आग्रह बस अलि गम्भीर कमजोरी फुत्तफुत्त प्रकट हुन्छन् र हुँदा रहेछन् । केही दिन पहिले प्रदीप नेपालले एक अनलाइन खबर पत्रिका र छापा पत्रिकामा प्रवाह गरेको विचारबाट भुईँ तहमा ठूलो भ्रम सिर्जना गरेको हुँदा यसमा तथ्यपरक रुपमा केही कु्रा राख्नै पर्ने हुँदा करले भए पनि लेख्नै पर्ने सकस जागेको हो ।
अहिले सम्मका सबै कृत्य, कथनी र करणीमा माधव नेपालको अब्बल भूमिका रहेको जगजाहेर छ । नेकपाका महासचिव ऋषि कट्टेलले समेत माधव नेपालका चरम स्वार्थी घमण्डी र नोकरसाही प्रवृत्ति उल्लेख गरेका छन् । स्वतन्त्र लेखक सौरभले नेपालका अराजनैतिक बेहोराका बारेमा आफ्नै कृतिमा उल्लेख गरेका छन् । आफ्ना योग्यताले भन्दा माधव नेपालका कृपाले राजनैतिक तथा राजकीय तह र स्तर प्राप्त गरेका ठान्नेहरु उहाँको आरती गर्दा हुन् तर त्यस्ता कतिपय उर्जाशील युवा नेताहरु आँखा चिम्लेर माधव नेपालकै सती जान्छन् भने भन्नु केही छैन ।
प्रदीप नेपालले सर्वोच्च अदालतले पूर्व एमाले पार्टीमा फर्किन बाध्य पारेपछि एमाले पार्टी र यसका नेताहरुमा देखापरेका गतिविधि बारे एकपक्षीय केही गम्भीर कटाक्ष गर्नु भएको छ । विशेषतः ओली केन्द्रित र लक्षित विषय आधारित उहाँका टिप्पणीमा ओलीलाई पार्टी विभाजन उन्मु्ख, नेपाल र दाहाल जस्ता पार्टीका वरिष्ठ नेताहरुलाई अपमान गर्ने, पार्टी सिध्याउन तत्पर, आफू इतर नेताहरुलाई भूमिका विहीन बनाएर छिन्नभिन्न पार्न उद्धत, जबजको ठीक उल्टो निरंकुश भन्दै गम्भीर आरोप लगाउनु भएको छ । यसरी नै नेता नेपालले नेताहरुका बीच ओलीले संवाद गर्नु पथ्र्यो उहाँहरुलाई आफ्ना कुरा राख्न दिनुपथ्र्यो भन्नु भएको पाइन्छ । त्यसैले नेपाल ओलीले इतर नेताहरुलाई अपमान गरेपछि अब एमाले एक नहुने हुँदा आफू कुनै पनि समूहमा नहरने बताउनु भएको देखिन्छ ।
तर प्रदीप नेपालज्यू, तपाईंले बेलैमा आलोचना नगरेर गल्ती गरिसक्नु भएको छ । माओले आलोचना बेलैमा गर र यस्तो आलोचना पनि आवश्यकता अनुसार रन्थनाउने गरी गर भन्नु भएझैँ तपाईंले विशेषत माधव कुमार नेपालका अराजक उत्तेजक गतिविधिलाई बेलैमा छाँस्न सक्नु् भएन । स–साना र झिँना मसिना विषयलाई ठू्रला ठूला मुद्धदा बनाएर पार्टी र सरकार विषयमा उचालपछार गर्ने नेपाललाई सच्चिने गरी तपाईँले केही गर्नु भएन । प्रतिनिधि सभा विघटन गर्ने अप्रिय निर्णयका पछाडि माधव कुमार नेपालकै बढी हात छ । एकीकृत पार्टीलाई अझ सबल र सक्षम बनाउने कुरामा प्रचण्डलाई उकासेर अस्तव्यस्त बनाउन माधव नेपालको अग्रणी भूमिका तपाईंले देखेर पनि भन्नु भएन किनकि उहाँ तपाईंको दाजु न पर्नु भयो । अहिले सम्मका सबै कृत्य, कथनी र करणीमा माधव नेपालको अब्बल भूमिका रहेको जगजाहेर छ । नेकपाका महासचिव ऋषि कट्टेलले समेत माधव नेपालका चरम स्वार्थी घमण्डी र नोकरसाही प्रवृत्ति उल्लेख गरेका छन् । स्वतन्त्र लेखक सौरभले नेपालका अराजनैतिक बेहोराका बारेमा आफ्नै कृतिमा उल्लेख गरेका छन् । आफ्ना योग्यताले भन्दा माधव नेपालका कृपाले राजनैतिक तथा राजकीय तह र स्तर प्राप्त गरेका ठान्नेहरु उहाँको आरती गर्दा हुन् तर त्यस्ता कतिपय उर्जाशील युवा नेताहरु आँखा चिम्लेर माधव नेपालकै सती जान्छन् भने भन्नु केही छैन ।
जसले छँदाखाँदाको रहर लाग्दो र भर लाग्दो घर भकाउँछ उसले के चाहिँ गर्न बाँकी राख्ला ? ओली फोविया, चरम आह्रिस र डाहका कारण माधव नेपाल जलेको देखिन्छ नत्र अदालतको फैसलापछि ओली प्रवृत्ति विरुद्ध लाग्ने उद्घोष किन गर्नु प¥यो ? प्रचण्डको गृहकार्य लिएर सके ओलीलाई समाप्त पार्ने र नसके पार्टीमा विद्रोह गर्ने सर्वनाश निम्त्याउन खोज्ने नेपाल सित सुरुमै वार्ता गरेर समाधान हुने सपना नदेख्नु राम्रो हुन्छ ।
प्रदीप नेपालज्यू तपाईंले ओलीलाई सबै दोषरोपण गर्नु सरासर नाजायज देखिन्छ । ओली त फाउ जीवन व्यतीत गरिरहनु भएको छ । देश र जनता तथा पार्टीकै हितमा पनि यतिका महत्वपूर्ण काम गर्ने एउटा नेतालाई मात्र तारो बनाएर किन अन्तिम कटाक्ष गर्नुहुन्छ ? यसमा पनि तपाईंले एक छापा पत्रिकामा आफूलाई ओलीले राष्ट्रिय सभामा सदस्य मनोनित नगरेको र मन्त्री पनि नबनाएको दुःखेसो गर्नु भएको हो भने त के भन्नुछ र नत्र एउटा उच्च स्तरको विवेकी स्रष्टका नाताले तपाईंले छातीमा हात राखेर भन्ने हो भने ओलीप्रति गम्भीर गुनासो गर्ने ठाउँ कम्ती नै देखिन्छ । माधव कुमार नेपाल त जबज भजाएर शुभलाभ मात्र प्राप्त गर्ने नेता हुनुहुन्छ । खनाल झन् उस्तै, यसका अनेक प्रमाण छन् । नेपालका बारेमा यस लेखकले दर्जनौँ लेख लेखेको छ । तर सुध्रने मति उहाँमा अहिलेसम्म पनि आएको छैन । अहिले पनि आफूलाई शत्रुवत् आक्रमण र निन्दा गर्ने नेपाललाई ओलीले एक संस्कृत श्लोक मार्फत् मित्रलाई मित्रको आँखाले हेर्नुपर्छ भनेर शिक्षादीक्षा गर्नु भएको थियो । ओलीले अस्य नास्ति स्वयं प्रज्ञा तस्य शास्त्र करोति किम् अर्थात् जो सित प्रज्ञा नै छैन त्यसलाई शास्त्रले के गर्न सक्छ र । प्रज्ञा भनेको त प्रत्युत्पन्न मति र बुद्धि हो । यस्ता मतिले टाउकोले टेकेर उभ्भिएको हेगेलको द्वन्द्ववादलाई कार्लमाक्र्सले झैँ खुट्टाले टेकाउने सामथ्र्य राख्छ । ओलीले एक प्रसंगमा दर्शन किन्तु कहीँ दिँदैन चर्म चक्षुले कानामा भनेझैँ आँखा छ तर देख्दैन कान छ तर सुन्दैन भनेझैँ माधव नेपालको हालत देखिन्छ । नत्र दुईतिहाइको आफ्नै गुटका नेता मन्त्री भएको सरकार बिना कारण गिराउन कुनै मूर्ख लाग्छ होला ? जसले छँदाखाँदाको रहर लाग्दो र भर लाग्दो घर भकाउँछ उसले के चाहिँ गर्न बाँकी राख्ला ? ओली फोविया, चरम आह्रिस र डाहका कारण माधव नेपाल जलेको देखिन्छ नत्र अदालतको फैसलापछि ओली प्रवृत्ति विरुद्ध लाग्ने उद्घोष किन गर्नु प¥यो ? प्रचण्डको गृहकार्य लिएर सके ओलीलाई समाप्त पार्ने र नसके पार्टीमा विद्रोह गर्ने सर्वनाश निम्त्याउन खोज्ने नेपाल सित सुरुमै वार्ता गरेर समाधान हुने सपना नदेख्नु राम्रो हुन्छ । विधि, पद्धति र बहुमतको रटान गर्ने माधव नेपालले पार्टी विधान अनुसार नेताका जिम्मेवारीमा हेरफेर गर्दा आकास नै खस्यो भनेझैँ किन गर्नु परेको होला । विगतमा जस्तै दिएको जिम्मेवारी अनुसार काम फिटिक्क नगर्ने भाँजो हाल्ने अनि सबै दोष ओलीका थाप्लामा हाल्ने काम अब हुन सक्दैन र दिनहुँदैन ।
प्रदीप नेपालज्यू, पार्टीको आन्दोलनको र देश तथा जनताको माया छ भने पार्टी भित्रको चरम स्वार्थी, जबज विरोधी देश र जनताका विपक्षमा लाग्ने नेपाल प्रवृत्तिलाई राम्ररी एकान्तमा वा सार्वजनिक रुपमा अर्जाप्नु होस् । जबजका रक्षकहरु उपुर्युक्त प्रवृत्तिका विरुद्ध मेची महाकाली जागेकै थिए । लामै लडाइँका लागि संगठित भएका जबज रक्षक र हजार झुटलाई एउटै सत्यबाट समाप्त पार्न लागेकै पनि थिए तर अहिले आफ्ना गल्ती अपराध र अकर्मण्य गतिविधिलाई मम भन्दै सच्चिएर आउँदा नेपाल समूहलाई अन्यथा भन्न हुँदैन । यसमा ओलीले पनि धेरै कटाक्ष गर्नु हुँदैन तर के गर्नु जननेता मदन भण्डारीले भनेझैँ मान्छे आफूसित तर्क सकिएपछि,उसले गल्ती गरेपछि र हार्ने अवस्था आएपछि आफैँ रिसले जल्छ । तर जति सम्झाए पनि कोही कोही अङ्गुलीमाल सच्चिएझैँ सच्चिँदैनन् । जतिसुकै लामो संगत गरे पनि कोही कोही रत्नाकर जस्ता मानिस वाल्मीकी बन्दैनन् । मदन भण्डारीसित लामो संगत गरे पनि मदन भण्डारीको जस्तो गुण अहिले पनि पार्टीमा बहुत कममा पाइन्छ । ओली जस्तो प्रतिभाशाली, बहुआयामिक तथा जनतालाई अपील गर्ने महानतम क्षमता भएको नेतासित संगत गरे पनि उहाँका थोरै पनि विशेषतालाई आत्मसात् गर्ने नेता बत्ती बालेर खोज्नु पर्ने अवस्था अझै देखिन्छ । तपाई प्रदीप नेपाल जत्तिको सिर्जना चेत भएको नेता प्रदीप ज्ञवाली बाहेक अरु को छ र पार्टीलाई सास हुँदै माया गरौँ मरे पछिको माया के माया तर यति कुरा याद रहोस् ओलीको फाउ जीवनभरमै यस पार्टीलाई कुनै काली पोके र ऐजेरुहरुले भत्काउन र विखण्डन गर्न सक्तैनन् यो मुलुकमा जननेता मदन भण्डारी र उहाँले प्रतिपादन गरेको जबज जीवित छ ।